दाङको बबई नदीमा माछाका भुरा छाडियो

 मंसिर ७, २०७८ मंगलबार ७:५५:२३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - नदीको पर्यावरणीय सन्तुलन कायम राख्न दाङको बबई नदीमा माछाका भुरा छाडिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले घोराही उपमहानगरपालिका-५ धर्ना सिसहनियामा बबई नदीमा माछाका भुरा छाडेको हो । रहु र नैनी जातका ६ हजार माछाका भुराहरु बबई नदीमा छोडिएको विज्ञ केन्द्रका प्रमुख डा.बेदबहादुर केसीले जानकारी दिनुभयो ।

नदीको पर्यावरणीय सन्तुलन कायम गर्न र नदीमा माछाको सङ्ख्या बढाउन भुरा छोडिएको उहाँको भनाइ छ । नदीको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्त्वपूर्ण हुने विज्ञ केन्द्रका मत्स्ये विकास अधिकृत महेन्द्रप्रसाद यादवले बताउनुभयो ।

नदीमा माछाका भुरा छोडेर मात्र माछा नबढ्ने भन्दै उहाँले जथाभाबी उत्खनन, उद्योगबाट निस्कने रसायनिक पदार्थ, फोहोर मैला, विद्युतीय करेन्ट लगायतबाट पनि खोलालाई जोगाउनुपर्ने बताउनुभयो । खोलामा विषादी हाल्ने र प्रदूषण बढ्दै जाँदा त्यसको असर नदीका माछा तथा अन्य जीवमा परेको समेत उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया