दुर्घटनामा गोरखाका विद्यार्थी नेता देवकोटाको ज्यान गयाे

 मंसिर ७, २०७८ मंगलबार २०:३८:११ | किरण लोहनी
unn.prixa.net

गाेरखा – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटीका संयोजक सुवर्ण देवकोटाको दुर्घटनामा ज्यान गएकाे छ ।  

पालुङटार नगरपालिका ४ घर भएका देवकोटाको तनहुँको भन्सार भन्ने ठाउँमा आज मङ्गलवार भएको दुर्घटनामा ज्यान गएकाे हाे ।

डुम्रे जाँदै गरेका देवकोेटा चढेको बा ४५ प २३८ नम्बरकाे स्कुटरलाई ना ६ ख ९१३४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी सहायक निरीक्षक डम्बर क्षेत्रीले बताउनुभयो । ठक्करबाट गम्भीर घाइते भएका देवकोटाको डुम्रेको मोती अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि दमौली अस्पताल लैजाने क्रममा ज्यान गएकाे उहाँले बताउनुभयो ।

ठक्कर दिने बसका चालक गोरखाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया