रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय उचित थियो : निगम

 मंसिर ८, २०७८ बुधबार १४:५९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपाल वायु सेवा निगमले रुकुम जाने जहाजलाई निर्णय गरेरै नेपालगञ्ज लगिएको जनाएको छ । गएको आइतवार रुकुमको सल्लेका लागि उडेको जहाजलाई पाइलटले 'ड्युटी समय सकिएको' भनेर नेपालगञ्जमा अवतरण गराएपछि निगमको आलोचना भएको थियो । तर निगमले भने व्यवस्थापनको निर्णयअनुसार नै पाइलटले जहाजलाई नेपालगञ्ज अवतरण गराएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । 

गएकाे आइतवार बिहान सवा ६ बजे काठमाण्डौबाट उड्नुपर्ने जहाज मौसमका कारण उड्न नसकी रद्द गरिएकोमा मौसममा सुधार आएपछि फेरि यात्रुलाई खबर गरेर दिउँसो २ बजेर ५८ मिनेटमा जहाज उडेको निगमले जनाएको छ ।

बिहान सवा ५ बजेदेखि ड्युटीमा रहेका पाइलटले जहाजलाई सल्ले पुर्‍याउँदा आफ्नाे ड्युटी गर्ने समय सकिने भएकाले नेपालगञ्ज लैजाने निर्णय काठमाण्डौमै भएको निगमले जनाएको छ । हवाई उडानसम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन/नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेको कारण त्यस दिन रुकुम उडान नगर्ने निर्णय भएको निगमको भनाइ छ ।

रुकुम र नेपालगञ्ज जाने यात्रुहरूलाई काठमाण्डाैमै राखिरहनुभन्दा नेपालगञ्जसम्म पुर्‍याउर रुकुम जाने यात्रुहरूलाई निगमको नियमअनुसार होटलमा राखी भोलिपल्ट बिहानै रुकुम पुर्‍याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि रहेको निगमको दाबी छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया