शेयर बजार सामान्य बढ्यो, चार अर्ब २१ करोड रुपैयाँको कारोबार

 मंसिर ८, २०७८ बुधबार १५:२२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव ८२ अङ्कले बढेर दुई हजार सात सय ३४ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, व्यापार र जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । होटल समूहको शेयर दुई अङ्कले, विकास बैंक समूहको ४२ दशमलव ८१, जलविद्युतको २३, फाइनान्सको ३५, उत्पादनको २७, अन्यको साढे पाँच र माइक्रोफाइनान्स समूहको शेयर साढे तीन अङ्कले बढेको छ ।

आज दुई सय २७ कम्पनीका ७४ लाख ४५ हजार कित्ता शेयर चार अर्ब २१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमकाे २६ कराेड रुपैयाँ बराबरकाे शेयर काराेबार भएकाे छ । 

आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले बढेको छ । गाेर्खाज फाइनान्सको शेयर भने साढे दुई प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया