उपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ ।
महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि आज शुभकामना सन्देश दिँदै उहाँले ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न कार्यक्रम आयोजना गरी सञ्चालन गरिने अभियानको सफलताको कामना गर्नुभयो ।
'नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ, परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थामा महिलाको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणले तीव्रता पाएको छ', सन्देशमा भनिएको छ ।
राष्ट्रपति भण्डारीले समाजमा विद्यमान विकृति र विसङ्गतिविरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै महिलालाई आर्थिकरूपले आत्मनिर्भर बनाउँदै महिला र पुरुषमा भएको असमान शक्ति संरचनामा परिवर्तन सक्नुपर्ने बताउनुभएको छ ।
सन्देशमा लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Chandra bahadur karki
Nov. 25, 2021, 3:56 p.m.महिला हिँसा मात्र होइन नेपालमा अहिले पुरुष हिँसा भै रहेको छ,यता तिर पनि ध्यान जाओस् / किन आइमाईलाई जे मन लाग्यो सोही गर्दैछ नेपाल मा...??? हामी नेपाल मै बस्दा सरकार ले रोजगार दिँदैन, त्यही सुवस्नी पालन लाउन खाना दिनको लागि बाध्यताले खाडी मुलुक जानु पर्छ, अनि घर छोडेर हिँडेको भोलि देखि त्यही श्रीमती महिला नाठो खेलौना थाल्छ महिना पुगेर salary तलब पैसा घर मा पठाउँदा त्यही पैसा लिएर होटल लाउज मा केटा बोलाएर मोस्ती मर्छन् रगत पोसिन सरी भएर विदेश प्रदेमा अर्का को गाली गलोज सहेर 45%को घाम मा खटेर कमाएको पैसा 3/4 वर्ष पोच्छि घर फर्किंदा नत कमाएको पैसै हुन्छ नत सुवस्नि हुन्छ घर मा 100/75% यस्तो भै रहेको छ नेपाल मा अहिले महिला हिँसा हैन महिला ले पुरुष हिँसा गरी रहेका छ । यस विषय मा गम्भीर ध्यन्याकर्सन जाओस् ।र यस विषय को एउटा छुट्टै एईन् कानुन को व्यवस्था हुनु पार्यो नेपाल मा ताकि यस्तो घटना कदापि नहोस् यस विषय ले कति पय को मृत्यु नै भाको छ र कति पया घर बास विहिन भै रहेको छ कति पया बाल बच्चा हरु टुहुरा भयर बिजोक छ यस विषय मा गम्भीर ध्यन्या कर्सन्न जाओस् राष्ट्र पती प्रधान मन्त्री न्याए लय प्रधान न्यााधीशस सर्वोच्च अदालतले पनि यस विषय लाई मध्ये नजर राख्दै यस्ता घटना नहुने गरी नेपाल को ऐन कानुन मा उल्लेख गरी कडा भन्दा कडा कारबाही को व्यवस्था गर्नुहोस /