चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – कारोबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २२ अङ्कले घटेर दुई हजार सात सय ३१ दशमलव ७८ विन्दुमा झरेको छ ।
आज बैंकिङ, होटल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक, बीमा, व्यापार र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय ३३ कम्पनीका ७४ लाख ८६ हजार कित्ता शेयर तीन अर्ब ७८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २६ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज मानुषी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै सात प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समृद्धि फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।