अमेरिकाको कोलोराडोमा रोकिराखेको विमानमा आगलागी, सबै यात्रु...
चैत १, २०८१ शुक्रबार
काठमाडौं – प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ आउँदो सोमबार हुने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रको सार्वजनिक सुनुवाइ भदौ २५ गते सोमबार गर्ने निर्णय गरेको हो । बैठकले आउँदो आइतबार प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश मिश्र उपर उजुरी दिएका उजुरीकर्ताहरुलाई छलफलको लागि बोलाएको छ । जम्मा ४ वटा उजुरी परेकोमा एउटा उजुरी उजुरीकर्ताले नै फिर्ता लिन चाहेपछि फिर्ता गरिदिने निर्णय पनि बैठकले गरेको समितिमा जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
संवैधानिक परिषदले भदौ ७ गते सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय सुनुवाइ विशेष समितिले अस्विकृत गरेपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । त्यस सिफारिसलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरे राष्ट्रपति विद्या भण्डारीले मिश्रलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
यसैबीच बैठकले संवैधानिक परिषदबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नवीनकुमार घिमिरे माथि सार्वजनिक उजुरीको आह्वान गरेको छ । भोलिदेखि लागू हुने गरी १० दिन भित्र उजुरी दर्ता गराउन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय बैठकले गरेको जेष्ठ सदस्य कर्णले जानकारी दिनुभयो ।
भदौ २० गते बुधबार बसेको संवैधानिक परिषदको बैठकले कार्यवाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त हुनु भएको थियो । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेबाट दोस्रो वरीयतामा रहनु भएका घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।