सर्लाहीमा कांग्रेस अधिवेशन : झडपमा मतदान अधिकृतसहित चार प्रहरी घाइते

 मंसिर १३, २०७८ सोमबार १९:५:३९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको बलरामा नेपाली कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद हुँदा झडप भएको छ । 

झडपमा परेर मतदान अधिकृतसहित चार जना प्रहरी र केही कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ । संस्थापन इतर पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा लैजान खोजेपछि प्रहरीसँग झडप भएको हो । मतदान अधिकृत झाको टाउकोमा सामान्य चोट लागेको छ ।

कांग्रेसको एउटा समूहले आफूहरूसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको हो । मतदान अधिकृत झालाई प्रहरीले मतदान स्थलबाट उद्धार गरी लैजान खोज्दा उनीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

घाइतेको जिल्ला अस्पतालमा मलंगवा  उपचार भइरहेको छ । यसअघि हिजो आइतवार पनि बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशन स्थलमा दुई पक्षीयबीच विवाद हुँदा झडप भएको थियो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया