लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार, कारोबार रकम तीन अर्ब रुपैयाँमै सीमित

 मंसिर १४, २०७८ मंगलबार १५:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि घटेको छ । नेप्से आज मङ्गलवार एक दशमलव ६४ अङ्कले घटेर दुई हजार ६ सय २८ दशमलव ३७ विन्दुमा झरेको छ । 

आज विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ । बैंकिङ, होटल, व्यापार, उत्पादन, जीवन बीमा, माइक्रोफाइनान्स र लगानी समूहको शेयर भने घटेको छ ।

आज दुई सय २५ कम्पनीका ६४ लाख ४७ हजार कित्ता शेयर तीन अर्ब आठ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै आईसीएफसी फाइनान्सको १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ । 

आज इन्फिनिटी लघुवित्तको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि सामलिङ पावर र न्यादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया