एसियन युथ पारामा नेपालको झण्डा पलेशाले बोक्ने

 मंसिर १५, २०७८ बुधबार ८:५६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बहराइनको मानामा शहरमा हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झण्डा पारा ओलम्पियन पलेशा गोवर्द्धन श्रेष्ठले बोक्ने भएकी छन् ।

भोलिदेखि सुरु हुने एसियन युथ पारा गेम्स २०२१ को मार्च पासमा ओलम्पियन पलेशाले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएकी हुन्  । पलेशासँगै ब्याडमिन्टनका प्रकाश अधिकारी पनि मार्च पासमा सहभागी हुनेछन् । एसियन युथ पारा गेम्समा ४४ देशका १ हजार भन्दा धेरैको सहभागिता रहनेछ । नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टन गरी चार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । पारा तेक्वान्दोबाट पलेशा गोवर्द्धन श्रेष्ठ, सिर्जना घिसिङ र विशाल गर्वुजा तथा पारा ब्याडमिन्टनबाट प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

पारा तेक्वान्दोको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् भने व्यवस्थापक नन्दा बस्याल रहेकी छन् । एसियन युथ पारा गेम्स डिसेम्बर ८ सम्म चल्नेछ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया