शेयर बजार आज झन्डै ५० अङ्कले घट्यो, यो हप्ता डेढ सय अङ्कको गिरावट

 मंसिर १६, २०७८ बिहिबार १५:२८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार परिसूचक नेप्से झन्डै ५० अङ्कले घटेको छ । नेप्से आज ४९ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच सय ८४ दशमलव ६१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, फाइनान्स, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ३१ कम्पनीका ७९ लाख ३२ हजार कित्ता शेयर तीन अर्ब ४१ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको १२ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज कर्पोरेट विकास बैंक र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि साम्लिङ पावर र न्यादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

यो हप्ता आइतवार, सोमवार र मङ्गलवार घटेको नेप्से बुधवार हिजो सामान्य बढेको थियो । तर हप्ताको अन्तिम दिन आज झन्डै ५० अङ्कले घटेको हो । समग्रमा यो हप्ता नेप्से डेढ सय अङ्कभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया