श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजार पाँच सयभन्दा बढी व्यक्तिमा डेङ्गी सङ्क्रमण

 मंसिर १७, २०७८ शुक्रबार ८:३५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।

सरकारी तथ्याङ्कअनुसार नोभेम्बर महिनामा चार हजार पाँच सय ६१ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो । श्रीलङ्कामा डेङ्गीको भाइरस सङ्क्रमण पुष्टि भएको यो २० महिनायताकै सबैभन्दा धेरै हो।

श्रीलङ्काका स्वास्थ्य विज्ञले डेङ्गीको प्रकोप बढेको भन्दै ज्वरो आउने र मांसपेशी दुख्ने जस्ता केही लक्षण डेङ्गी र कोरोना सङ्क्रमण दुवैमा देखिने भएकाले चनाखो रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । डेङ्गी सङ्क्रमित व्यक्तिमा उच्च ज्वरो, बान्ता हुने, पेट दुख्नेलगायतका लक्षण देखिने गर्छ ।

राष्ट्रिय डेङ्गी नियन्त्रण एकाइका डा. शिलान्ती सेनविराट्नेले अक्टोबर र नोभेम्बर महिनामा परेको पानीका कारण डेङ्गीका बिरामी बढेको बताउनुभएको स्थानीय सञ्चार माध्यम डेली मिररले जनाएको छ।     
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया