अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – मिक्चेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ ।
शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा आज शुक्रवार भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएपछि थ्री स्टारले ललितपुर डर्बीमा फ्रेन्ड्ससँगको हारबाट आफूलाई जोगाएको हो । यससँगै दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
दोस्रो चरणको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएको थ्री स्टारविरुद्ध फ्रेन्ड्सले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । गोल गर्न असफल भइरहेको थ्री स्टार दबाबमा परेको बेला फ्रेन्ड्सले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्दै झन् दबाब दिएको थियो । ५१ औँ मिनेटमा नाथानिल जुडे गार्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीको क्रसलाई सदुपयोग गर्दै गार्सियाले बलियो टोलीविरुद्ध अग्रता निकालेका थिए । त्यसपछि दबाबमा परेको थ्री स्टारले काउन्टर अट्याकको रणनीति अपनाउँदै फ्रेन्ड्सलाई दबाबमा राख्न पुग्यो । कप्तान प्रकाश बुढाथोकी चोटग्रस्त हुँदै उपचारका लागि बाहिरिएको अवस्थामा कम खेलाडी भएको फाइदा उठाउँदै थ्री स्टारले बराबरी गोल फर्काउन सफल भयो । ८३ औँ मिनेटमा हेमन्त थापामगरको चलाखीपूर्ण पासमा ऋतिक खड्काले दिएको क्रसलाई मिक्चेन तामाङले गोल गर्दै थ्री स्टारलाई एक–एक गोलको बराबरीमा ल्याए र याे नतिजा नै निर्णायक बन्यो । त्यसपछि पनि स्पष्ट अङ्कका लागि प्रयास गरे पनि थ्री स्टार सफल हुन सकेन ।
बराबरीपछि थ्री स्टारले तीन खेलबाट चार अङ्क जोडेको छ । समान तीन खेल खेलेको फ्रेन्ड्सको दुई अङ्क भएको छ । यसअघि पहिलो खेलमा थ्री स्टारले च्यासललाई तीन–शून्यले पराजित गरेको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग एक–शून्यले स्तब्ध भएको थियो । फ्रेन्ड्सले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी र दोस्रो खेलमा सङ्कटालाई दुई–एकको नतिजा सुम्पिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।