‘ए’ डिभिजन लिगमा आज ब्रिगेड ब्वाइज र त्रिभुवन आर्मी खेल्दै

 मंसिर १९, २०७८ आइतबार १०:५२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा खेल हुँदैछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

ब्रिगेड ब्वाइज दुई खेलमा ४ अङ्क जोडेर चौथो स्थानमा छ । आर्मी दुई खेलमा २ अङ्क जोडेर नवौँ स्थानमा छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया