सिमेन्ट उद्योगको इजाजतपत्र रद्द

 भदौ २२, २०७५ शनिबार ५:४३:० | उज्यालो सहकर्मी

काठमाडौं - नेपाल गुणस्तर तथा नापतौल विभागले इन्टरनेशनल सिमेन्ट प्रालिको इजाजतपत्र रद्द गरेको हो । 

विभागको आज बसेको बैठकले इन्टरनेशनल सिमेन्ट प्रालि पर्साबाट उत्पादित ओपिसी गुणस्तरअनुरुप नरहेको भन्दै इजाजतपत्र रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले प्रदान गरेको गुणस्तरअनुसार उत्पादन नगरेको भेटिएमा इजाजतपत्र रद्द गर्दे आइरहेको जानकारी दिनुभयो । 

विभागले यसअघि पनि गुणस्तरअनुरुप उत्पादन नगर्ने सिमेन्ट तथा छड उद्योगलाई कारवाही गरिसकेको छ । इजाजतपत्र रद्द गरेसँगै उद्योग सञ्चालन गर्न पाइँदैन । 
 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया