आर्मीले ब्रिगेडलाई हरायाे, लिगमा पहिलाे जित

 मंसिर १९, २०७८ आइतबार १९:४६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले ब्रिगेडलाई एक–शून्य गोल अन्तरले हरायो । आर्मीका लागि भरत खवासले ८५ औँ मिनेटमा गोल गरे । सन्तोष तामाङले मिलाइदिएको पासलाई भरतले गाेलमा परिणत गरेका हुन् । 

प्रतियाेगितामा आर्मीकाे याे पहिलाे जित हाे । यसअघि आर्मीले पहिलो खेलमा पुलिस क्लबसँग एक–एक गोलको बराबरी खेलेकाे थियाे । दाेस्राे खेलमा आर्मीले मच्छ्रिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

जितसँगै आर्मी तीन खेलमा पाँच अङ्कसहित चौथो स्थानमा पुगेको छ । चार अङ्क रहेको ब्रिगेड सातौँ स्थानमा छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया