आईएमई जनरल इन्स्योरेन्स र पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता

 मंसिर १९, २०७८ आइतबार २०:३६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । 

सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले हस्ताक्षर गर्नुभयो । यो सम्झौतापछि आईएमई इन्स्योरेन्सले नेपाल पर्यटन बोर्डका कर्मचारीको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमाका साथै सम्पत्ति तथा सवारी साधनसहित निर्जीवन बीमा  प्रदान गर्नेछ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन बोर्डले आईएमईसँग आफ्नो कार्यालयसँग सम्बन्धित सबै निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा आफूलाई खुसी लागेको जानकारी गराउनुभयो ।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल सरकार र निजी क्षेत्रको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि काम गर्ने नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्न पाउँदा आफूलाई पनि खुसी लागेको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया