१९ वर्षमुनिको महिला फुटबल टोली आज बङ्ग्लादेश जाँदै

 मंसिर २१, २०७८ मंगलबार ८:५३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै - बङ्ग्लादेशमा हुने १९ वर्षमुनिको साफ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली आज ढाका जाँदैछ ।

नेपाली टोली दिउँसो पौने दुई बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाले ढाका जाने महिला टोलीलाई हिजो बिदाइ गरेको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा हुनेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक बङ्ग्लादेश, भारत, भुटान र श्रीलङ्का सहभागी हुनेछन् । नेपालले आफ्नो पहिलो खेल आयोजक बङ्ग्लादेशसँग डिसेम्बर ११ तारिखमा खेल्नेछ । त्यस्तै दोस्रो खेल श्रीलङ्कासँग डिसेम्बर १५ तथा तेस्रो खेल भुटानसँग डिसेम्बर १७, चौथो खेल भारतसँग डिसेम्बर १९ मा खेल्ने तालिका छ ।

राउन्ड रोविनका आधारमा हुने खेलमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल डिसेम्बर २२ मा हुनेछ । च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले यसअघि नै २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया