आयरल्यान्डसँगकाे शृङ्खला क्रिस गेलकाे बिदाइ खेल हुन सक्ने

 मंसिर २१, २०७८ मंगलबार १४:४६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – क्रिकेट वेस्ट इन्डिज (सीडब्ल्यूआई) ले क्रिस गेलको बिदाइ खेलको तयारी गरेको छ । क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोकाका अनुसार आउँदो जनवरी १६ मा जमैकामा वेस्ट इन्डिज र आयरल्यान्डबीच हुने एक मात्र टी–२० खेल गेलको अन्तिम अन्तर्राष्ट्रिय खेल हुन सक्छ ।

आयरल्यान्ड र वेस्ट इन्डिजबीच जनवरी ८ देखि १६ को बीचमा तीन एकदिवसीय र एक मात्र टी–२० खेल जमैकाको सबिना पार्कमा हुने तय भएको छ ।

गएको महिना क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभले अन्तिम खेलका लागि क्रिस गेललाई घरमा खेल्ने मौका दिनुपर्ने सबैले चाहेका बताएका थिए । 

टी–२० विश्व कपका क्रममा पनि गेलले जमैकामा अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पाउने आशा व्यक्त गरेका थिए । 

टी–२० क्रिकेटमा क्रिस गेलको उपस्थिति निकै उत्कृष्ट रहेको छ । उनले २२ शतक र ८७ अर्धशतकसहित टी–२० मा १४ हजार तीन सय २१ रन बनाएका छन् । टेस्टमा उनले तीन सय ३३ रनको सबैभन्दा धेरै रनसहित सात हजारभन्दा धेरै रन बनाएका छन् । यस्तै तीन सय एक एकदिवसीयमा २५ शतक र ५४ अर्धशतकसहित १० हजार रन बनाएका छन् । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया