शेयर बजारको ओरालो यात्रा रोकिएन, २४ सय ५० विन्दु भन्दा तल

 मंसिर २३, २०७८ बिहीबार १५:२०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार घटिरहेको शेयर बजार आज बिहीवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८४ अङ्कले घटेर दुई हजार चार सय ४९ दशमलव ९७ विन्दुमा झरेको छ । 

आज होटल, म्युचल फन्ड र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर ओरालो लागेको छ । 

आज दुई सय ३१ कम्पनीका ६२ लाख २३ लाख कित्ता शेयर दुई अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज सामुदायिक लघुवित्त र श्री इन्भेस्टमेन्ट फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार ओरालो लागे पनि सिनर्जी पावर कम्पनीको शेयर साढे चार प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया