बर्दियाको ठाकुरबाबामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो, ...
फागुन २९, २०८१ बिहिबार
काठमाडाैं - नेपाल विद्युत प्राधिकरणले ठूल्ठूला आयोजनामा लगानी गर्न सक्षम रहेको दावी गरेको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण दशौं अर्बको जलविद्युत आयोजनामा लगानी गर्न सक्षम रहेको बताउनुभएको हो ।
उहाँले यस वर्ष मात्रै प्राधिकरणले डेढ अर्ब नाफा आर्जन गरेको उल्लेख गर्दै आउँदा दिनहरुमा नाफा बढेर जाने पनि स्पष्ट पार्नुभयो । नेपाल विद्युत प्राधिकरण पूर्व कर्मचारी समाजको तेस्रो वार्षिक साधारण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणले सञ्चालन गरेको आयोजनाको काममा ढिलाई हुनुको कारणको खोजी गरी अघि बढने योजना पनि अघि सार्नुभयो ।
प्रबन्ध निर्देशक घिसिङले गुणस्तरीय सेवा दिने कामलाई प्राधिकरणले उच्च प्राथमिकता दिएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।