अस्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोष...
फागुन २९, २०८१ बिहिबार
बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको जङ्गली हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ । गएराति १० बजेतिर निकुञ्ज भित्रबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारुको ज्यान प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भुरीगाउँका अनुसार घर नजिकै गहुँ खेतमा केही आवाज आएको थाहा पाएपछि हेर्न घरबाहिर निस्किएका थारुको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो । उहाँकी श्रीमतीले भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् । प्रहरीले गाडीलाई वैकल्पिक सडकमार्फत पठाइरहेको छ ।
मृतक थारुको शव आफन्तले उठाउन दिएका छैनन् । उनीहरूले उचित राहत, क्षतिपूर्ति, वन्यजन्तुको आक्रमणका घटना हुन नदिन दिगो समाधान गर्नुपर्नेलगायतका माग गरका छन् ।
पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएलगत्तै मृतकका आफन्त, स्थानीय जनप्रतिनिधि, निकुञ्जका टोली र प्रहरीबीच छलफल भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।