च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक, पीएसजीले युनाइटेडसँग खेल्ने

 मंसिर २७, २०७८ सोमबार १७:२९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । आज साेमवार भएको तालिकाअनुसार रियल मड्रिडले बेन्फिकासँग खेल्नेछ । यस्तै भिला रियलले म्यानचेस्टर सिटीसँग, बार्यन म्युनिखले एट्लेटिको मड्रिड र साल्जवर्गले लिभरपुलसँग खेल्नेछन् ।

यस्तै इन्टर मिलानले अजाक्ससँग, स्पोर्टिङले युभेन्ट्ससँग, चेल्सीले लिलसँग र पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएका छन् ।

पीएसजीमा रहेका लियोनल मेस्सी र युनाइटेडमा रहेका क्रिस्टियानाे रोनाल्डो फेरि एक पटक आमनेसामने हुने भएपछि अन्तिम १६ का खेलमध्ये यो खेललाई निकै महत्त्वका साथ हेरिएको छ ।

आउँदाे फेब्रुअरी १५ देखि च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेल सुरु हुनेछ । 

यस्ताे छ तालिका–

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया