त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दै
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - कांग्रेस सभापतिको चयनका लागि आजै दोस्रो चरणकाे मतदान हुँदैछ ।
दिउँसो ३ बजेपछि पुनः मतदान हुने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि फेरि दोस्रो चरणमा मतदान हुन लागेको हो ।
मतदान हिजो तोकिएकै तीन ठाउँमा हुनेछ । राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा तोकिएका तीन ठाउँमै दिउँसो साढे ३ बजेदेखि बेलुका साढे ७ बजेसम्म चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ । दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत पाउनु भएको थियो भने कोइरालाले १ हजार ७ सय २ मत पाउनु भएको थियो । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ ।
यदि कुनै पनि उम्मेदवार ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ । सभापतिको परिणाम आएपछि मात्रै बाँकी पदको मतगणना हुनेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।