त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दै
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – प्रतिनिधि सभाकाे १० औँ अधिवेशनकाे अर्काे बैठक एक हप्ताका लागि स्थगित भएकाे छ । आज मङ्गलवार अधिवेशनकाे पहिलाे बैठक बसेपछि अर्काे बैठक पुस ६ गते दिउँसाे १ बजेसम्मका लागि स्थगित गरिएकाे हाे ।
प्रतिनिधि सभाको आजकाे बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको थियाे । एमालेले आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गरेको हो । यसअघिको अधिवेशनमा पनि एमालेले यही विषयलाई लिएर संसदमा अवराेध गरेको थियो ।
एमालेकाे अवराेधकै बीच आजकाे बैठकमा ६ वटा अध्यादेश पेस भएकाे छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संसोशाेन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेस गर्नुभयो ।
त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीका तर्फबाट पनि मन्त्री बडूले रेल्वे अध्यादेश २०७८ पेस गर्नुभयो । यस्तै यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि मन्त्री बडूले बैठकमा पेस गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।