काभ्रेको रोशीमा झन्डै तीन महिनापछि बाढी पहिरो प्रभावितका लाग...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । नेपाल र भट्टराईले बिहान ट्विटमार्फत शुभकामना दिँदै बधाई र शुभकामना दिनुभएको हो ।
अध्यक्ष नेपालले ट्विट गर्दै लेख्नुभएको छ, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
— Madhav Kumar Nepal (@ncp_madhavnepal) December 15, 2021
यस्तै जसपाका नेता भट्टराईले लेख्नुभएको छ, ‘नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा पुन: निर्वाचित हुनुभएकोमा प्रम देउवालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । उहाँको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्, प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्, अग्र गमनकारी शक्तिबीच एकता होस्, थप शुभेच्छा ।’
नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट पार्टी सभापतिमा पुन: निर्वाचित हुनुभएकोमा प्रम @SherBDeubaलाई हार्दिक वधाइ तथा सफल कार्यकालको शुभकामना! वहाॅको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्; प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्;अग्रगमनकारी शक्तिबीच एकता होस्;थप शुभेच्छा!
— Baburam Bhattarai (@brb1954) December 15, 2021
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।