नेपाल टेलिकमले सबै पालिका र वडामा टेलिफोन, ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने

 पुष १, २०७८ बिहीबार १८:४५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशभरका सबै पालिका र वडामा टेलिफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल टेलिकमबीच सम्झौता भएको छ ।

मन्त्रालयको तर्फबाट सहसचिव डाक्टर गोपीकृष्ण खनाल र कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आज बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार नेपाल टेलिकमले सबै पालिका र अन्तगर्तका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन मन्त्रालयको समन्वयमा योजना तर्जुमा तथा कार्यान्वयन गर्नेछ ।  

टेलिकमले पालिकाको वेबसाइट तथा अनलाइन सेवाका लागि प्रयोग हुने 'वेब बेस्ड एप्लिकेशन' को लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी अहिले भी–स्याटमार्फत भ्वाइस सेवामात्र उपलब्ध भइरहेका अति दुर्गम ठाउँमा दूरसञ्चार सेवा प्रदायकहरू समेतको सहकार्यमा  मोबाइल ब्रोडब्यान्ड सर्भिस लगायतका सेवा सञ्चालन गर्ने/गराउने सम्झौतामा उल्लेख छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • पुष्कर देव वली

    Dec. 16, 2021, 9:34 p.m.

    यो समचार सुन्दा खुसी लाग्यो तर सुर्खेत जिल्लाको गुर्भाकोट न.पा. ९ नादेकोट भन्ने ठाउँमा रहेको नेपाल टेलिकमको टावर बर्षाको समय र जाडोको समयमा राम्रोसँग घाम नलागे सम्म सामान्य फोन गर्न समेत नेटवर्क हुदैन । जसको प्रत्यक्ष असर त्यही नगरपालिकाका वडा नं १,२,३,४,र ५ का बासिन्दाहरुलाई परेको छ। त्यहाका उपभोक्ताले समयमा टावर मरामतको लागि जतिसुकै जनप्रतिनिधि सँग कुरा उठाएपनि समस्या समाधान हुन सकेको छैन । यो कमजोरी त्यहाका जन प्रतिनिधिको हो कि नेपाल टेलिकम स्वयंको हो । कर्णाली प्रदेशको राजधानी पर्ने सुर्खेतमा त अहिलेसम्म २१ औ शताब्दीमा पनि १८ औ शताब्दीको नेटवर्क छ भने दुर्गम जिल्लाका जनताले सेवा पाउन के आस गर्नु ‌। सम्बन्धित निकायको ध्यान जाओस् भन्ने अनुरोध गर्दछु।

  •  0 Reply

तपाईको प्रतिक्रिया