अमेरिकी सरकारद्वारा यूएसएआईडीको वेबसाइट बन्द
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सेवा प्रवाहकाे विषयमा निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभएकाे छ । आज बिहीवार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग बिजुली आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै घिसिङले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले धेरै उद्योगी व्यवसायीहरूबाट प्राधिकरणको विद्युत् सेवा कमजोर भएको गुनासो आएको बताउनुभयो । निर्देशक घिसिङले सेवा प्रवाहको विषयमा प्राधिकरणलाई सम्पर्क गर्न आग्रह गर्नुभयो ।
उहाँले प्राधिकरणका कुनै कर्मचारीले कुनै उद्योगमा बिजुली कटौती गर्ने, बिजुली नदिने गतिविधि गरेको खबर पाए तत्काल कारबाही गर्ने बताउनुभयो । घिसिङले नेपालमा बिजुलीकाे महसुल बिस्तारै सस्तो बन्दै जाने बताउनुभयो । उहाँले बिजुली महसुल सस्तो बनाउने कुरामा विद्युत् उत्पादकबाट महसुल बढाउन दबाब आउने र उद्योगीबाट घटाउने दबाब आउने गरेको बताउनुभयो ।
निर्देशक घिसिङले भन्नुभयो, ‘प्राधिकरणले उद्योगलाई दिने विद्युत् सर्भिस कमजोर भए निजी क्षेत्रले सहयोग गर्नुपर्छ । यदि प्राधिकरणका कुनै कर्मचारीले केही गरेको छ भने निजी क्षेत्रले प्राधिकरणका कर्मचारीसँग मिलेर भित्रभित्रै खुसखुस गरी मिल्न भएन । कर्मचारीसँग नमिलेर प्राधिकरणलाई सम्पर्क गरिदिनुपर्छ । प्राधिकरणले त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्छ । उद्योगीले प्राधिकरणमा सम्पर्क गर्दा काम बिग्रन्छ कि भन्ने होइन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Yogendra Pandey
Dec. 17, 2021, 5:49 a.m.हरेक वितरण केन्द्रमा "आवाजमा उजुरी " गरेर दर्ता गर्ने र त्यसको कार्यान्वयनको अवस्था जांच गर्ने परिपाटी मिलाउन सुझाव दिन चाहन्छु /