काठमाण्डाैकाे कीर्तिपुर नगरपालिकाबाट ८ जनाले मात्रै लिए शैक्षिक ऋण

 पुष २, २०७८ शुक्रबार ८:३८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - काठमाण्डौको कीर्तिपुर नगरपालिकामा अहिलेसम्म ८ जनाले मात्रै शैक्षिक ऋण लिएका छन् ।

प्रतिवर्ष २० जनालाई शैक्षिक ऋण उपलब्ध गराउने पालिकाको लक्ष्य भए पनि ८ जनाले मात्रै ऋण लिएका हुन् । पालिकाभित्रका १० वडामा प्रतिवडा दुई जनाका दरले जम्मा २० जनालाई ऋण उपलब्ध गराउने नगरपालिकाको शिक्षा शाखा अधिकृत गोविन्दप्रसाद निरौलाले बताउनुभयो ।

उहाँका अनुसार हरेक वर्ष शैक्षिक ऋणका लागि रकम विनियोजन भए पनि लगानी भने नभएको पाइएको छ । नगरपालिकाले एक विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म शैक्षिक ऋण दिने व्यवस्था गरेको छ । लिएको ऋण विद्यार्थीले १० वर्षसम्ममा सबै चुक्ता गरिसक्नु पर्ने नगरपालिकाले जनाएको छ ।

विद्यार्थीले ऋण लिएको वर्षदेखि चार वर्षे कोर्ष हुनेले चार वर्ष, पाँच वर्षे कोर्ष हुनेले पाँच वर्षसम्म तीन प्रतिशतका दरले ब्याज मात्रै बुझाउनु पर्नेछ । यसपछि भने प्रतिवर्षको असार मसान्तसम्ममा ब्याज र साँवाको एक लाख रुपैयाँ बुझाउनु पर्ने अधिकृत निरौलाले जानकारी दिनुभयो ।

पालिकाले शैक्षिक ऋण प्राविधिक शिक्षा (स्वास्थ्य, कृषि, इन्जिनियरिङ) अध्ययन गर्ने विद्यार्थीका लागि मात्रै उपलब्ध गराउँदै आएको छ । प्राविधिक शिक्षातर्फ मात्रै ऋणको सुविधा दिने र सक्कल प्रमाणपत्र धितो राख्नु पर्ने भएकाले पनि यसको प्रभावकारिता कम रहेको उहाँको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी आर्थिक वर्ष २०७५/७६ देखि कीर्तिपुरले शैक्षिक ऋणको सुविधा दिन थालेको हो ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया