त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दै
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - आज ललितपुर महानगरपालिकाले १०३ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।
नेपालकै जेठो नगरपालिकाका रुपमा रहेको यस महानगरपालिकाले ८ बजेदेखि प्रभातफेरी कार्यक्रम गरेर विभिन्न कार्यक्रमको सुरुवात गर्दैछ।
दिवसका अवसरमा ललितपुरका ए, बी र सी डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने महानगरपालिकाले जनाएको छ । यस्तै विभिन्न कार्यालयमा २५ वर्षभन्दा लामो समय काम गरेका कर्मचारी र उत्कृष्ट करदातालाई सम्मान समेत गरिनेछ ।
दिवसका अवसरमा शुभकामना दिँदै महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नागरिकलाई प्रविधियुक्त र झन्झटरहित सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।
महानगरलाई सांस्कृतिक र पर्यटकीय सहरका साथै कला, संस्कृति र सम्पदाको सहरका रुपमा विश्व सामु परिचित गराउन आफू प्रयासरत रहेको पनि उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।