घरेलु मैदानमा मनाङ मर्स्याङ्दीको सानदार जित, पुलिस क्लब पराजित

 पुस ३, २०७८ शनिबार १६:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत् घरेलु मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।

घरेलु मैदान पोखरा रंगशालामा भएको खेलमा मनाङले पुलिसलाई ३–१ गोलले हरायो । मनाङको लागि कप्तान अञ्जन विष्टले दुई र  निशान लिम्बुले एक गोल गरे ।  जितसँगै मनाङ पाँच खेलमा १३ अंकसहित शीर्ष स्थानमा पुगेको छ । नेपाल पुलिसले भने पाँच खेलमा पाँच अंक मात्रै जोडेको छ ।

अर्को खेलमा जावलाखेल क्लबले च्यासल युथ क्बललाई हराएको छ । लिगमा पहिलो जित निकाल्ने क्रममा जावलाखेलले च्यासललाई १–० गोलले हरायो ।  दशरथ रंगशालमा भएको खेलमा उसका लागि विदेशी खेलाडी निकोलस फर्नान्डेजले गोल गरे । जितसँगै जावलाखेल चार अंकका साथ  १० औँ स्थानमा उक्लिएको छ । च्यासल ११ औँ स्थानमा झरेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया