नक्कली नेपाली नाेटसहित दुई भारतीय नागरिक पक्राउ

 पुस ४, २०७८ आइतबार १४:४१:५२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सशस्त्र प्रहरीले सर्लाहीको सदरमुकाम मलङ्गवाबाट एक लाख १५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

भारतको सीतामढी थाना सोनवर्षा ग्राम वडा नम्बर  ६  का ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र सीतामढी थाना सोनवर्षा ग्राम लालबन्दी चिलरी वडा नम्बर-१ का ४८ वर्षीय प्रमोदकुमारलाई  नक्कली नेपाली नोटसहित पक्राउ गरिएको हो । उनीहरु दुबैलाई  सर्लाही सदरमुकाम मलङ्गवातर्फ आउँदै गर्दा  नेपाल भारत सीमा नजिक गोरखाकालीबाट शनिबार राति पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

सीमा सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरीले भारतको सोनवर्षाबाट नेपाल आउँदै गरेको  बीआर ३० वाइ ४१३९ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेकाे हाे । उनीहरूले मोटरसाइकलको डिक्की र सिट मुनि  लुकाएर  एक हजार दरका एक सय १५ वटा नक्कली नेपाली नोट ल्याउँदै गरेका थिए । प्रहरीले उनीहरुको  साथबाट थप ४७ लाख पाँच सय १०  भारतीय रुपियाँ समेत बरामद गरेको छ । भारती रुपैयाँ सक्कली भए पनि त्यसको थप अनुसन्धानको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको बताएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया