हुम्लामा हावाहुरीको असर, हवाई उडान बन्द

 पुस ५, २०७८ सोमबार ७:५९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हावाहुरीका कारण हुम्लाको सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ ।

हिजो दिनभर हावाहुरी लाग्दा आवतजावतमा समेत निकै कठिनाइ भएको स्थानीय बासिन्दाले बताएका छन् । अस्ति शनिवारदेखि नै सुरु भएको हावाहुरीका कारण हिजो जिल्ला जोड्ने एक मात्रै हवाई सेवासमेत बन्द भएको थियो ।

हावाहुरीका कारण नेपालगञ्जबाट उडान हुन नसकेको हो ।

हवाई उडान नहुँदा दैनिक उपभोग्यदेखि खाद्यान्न ढुवानी हुन सकेन ।  यस्तै जिल्लाबाहिर जाने यात्रुहरु पनि सिमकोटमै रोकिएका छन् भने हुम्ला जाने यात्रुहरु नेपालगञ्जमै रोकिएका छन्। हावाहुरीले सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पसको छानोसमेत उडाएको छ ।

आज भने हावाहुरी रोकिएकाले अवस्था सामान्य बन्दै गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । उहाँकाअनुसार हिजो दिनभर नै जनजीवन प्रभावित भएको थियो । आज हावाहुरी नचले हवाई सेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।

यसैबीच, मौसमविद्ले आज खासै हुरी चल्ने सम्भावना नरहेको बताएका छन् । उपल्लो वायु मण्डलमा बनेको निम्न चापीय क्षेत्रका कारण हिजो हुरी चलेको हुन सक्ने भए पनि खास कारण नभएको मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँकाअनुसार निम्न चापीय क्षेत्र नेपालबाट दक्षिणतिर सरिसकेकाले ठूलो हुरी चल्ने सम्भावना छैन । तर, देशका पूर्वी क्षेत्रमा भने हल्का हावा चल्ने अनुमान गरिएको छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया