प्रधानमन्त्री कप महिला क्रिकेट : वाग्मतीले कर्णालीलाई हरायाे

 पुस ६, २०७८ मंगलबार १७:३३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

धनगढी – 'प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता' अन्तर्गत आज मङ्गलवार भएकाे दाेस्राे खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेशलाई ७९ रनले हराएको छ । 

धनगढीकाे फाप्लुमा वाग्मतीले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको कर्णाली ५१ रनमा अलआउट भयो । कर्णालीका लागि लक्ष्मी रिमालबाहेक अरू कसैले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ वाग्मतीकी विपिसा शाहीले तीन विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको वाग्मतीले कञ्चन श्रेष्ठको अविजित ४७ रन मद्दतमा एक सय ३० रन बनाएको थियो । 

वाग्मती र कर्णाली प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया