काभ्रेको रोशीमा झन्डै तीन महिनापछि बाढी पहिरो प्रभावितका लाग...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – कोरोना विरुद्धको खोप अभियानलाई प्रभावित हुन नदिन सिरिन्जको आपूर्ति थालिएको सरकारले जनाएको छ ।
केही जिल्लामा अहिले सिरिन्ज अभाव भएको खबर आउन थालेको छ । तर, अभाव भएका ठाउँमा पठाउन केन्द्रसँग नै सिरिन्ज छैन । सिरिन्जको अभावका कारण खोप अभियान प्रभावित नहोस् भन्नका लागि भारतबाट ५० लाख सिरिन्ज ल्याउने तयारी भइसकेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार केन्द्रीय भण्डार अहिले रित्तो छ । तर, आउँदो शनिबार भारतबाट ५० लाख सिरिन्ज आउने निश्चित भएकाले समस्या नहुने उहाँको भनाई छ ।
सिरिन्ज आउनासाथ अभाव भएका ठाउँमा पठाइने पनि उहाँले बताउनुभयो । कोरोना विरुद्धको ओमिक्रोन भेरियन्ट देखिएसँगै सरकारले खोप अभियानलाई तीब्रता दिएको छ । यसकै कारण पनि सिरिन्जको माग धेरै छ । अहिले देशभर एक करोड २२ लाख ४० हजार डोज खोप मौज्दात छ । तर, खोप अभियानले सोचे जति गति लिन नसकेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । यसैबीच, विज्ञले अहिले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई वितरण भइरहेको खोप सुरक्षित भएकाले ढुक्क भएर लगाउन सुझाव दिएका छन् ।
नेपालले धेरै प्रयास पछि यो खोप ल्याएकाले खोप लगाउने यो अवसरको सदुपयोग गर्न वरिष्ठ बालरोग विशेषज्ञ आरपी बिच्छाको सुझाव छ । केही अभिभावकले खोप लगाए पछि स्वास्थ्य समस्या देखिन्छ की भनेर बालबालिकालाई खोप लगाउन डराइरहेका छन् । विज्ञले भने खोप लगाएको ठाउँमा केही दुखाई भए पनि कुनै समस्या नहुने हुँदा ढुक्क हुन आग्रह गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।