अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ८९ रनले हराएको छ ।
धनगढीको फाप्ला मैदानमा आज बुधवार भएकाे खेलमा एपीएफले दिएको एक सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १४ ओभरमा ३९ रनमै अलआउट भयो । सुदूरपश्चिमका लागि रुवी पोद्दार र रितु कनौजीयाले १०/१० रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले चार विकेट लिइन् ।
आजको जितसँगै एपीएफले दुई खेलमा चार अङ्क बनाउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
आजको दोस्रो खेलमा अहिले प्रदेश २ र गण्डकी प्रदेश खेलिरहेका छन् । दुवै टोलीले आफ्नो पहिलो खेल हारेकाले सेमिफाइलनको आशा बचाइ राख्न आजको खेल जित्नैपर्ने दबाबमा छन् । समूह 'ए' बाट प्रदेश १ शीर्ष र लुम्बिनी दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।