१९ वर्षमुनिको एसिया कपमा नेपाल र बङ्गलादेशबीचको खेल भोलिका लागि सर्यो

 पुष ८, २०७८ बिहीबार ७:१९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल र बङ्गलादेशबीच आज हुने भनिएको खेल भोलिका लागि सरेको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले नेपाल र बङ्गलादेशबीचको खेल एक दिनपछि सरेको जनाएको हो ।

यसअघि नेपाल र बङ्गलादेशबीचको खेल यूएईको सारजाहमा आज हुने तालिका थियो ।

समूह ‘बी’ मा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘ए’ अन्तर्गत आज हुने खेलमा भारत र यूएई तथा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया