पालिकाका कर्मचारीको सरुवा स्थगित

 पुस ८, २०७८ बिहिबार १२:३४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदाे चुनावलाई ध्यानमा राख्दै पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको हो ।

पछि फेरि उपयुक्त समयमा अन्तर पालिकामा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

लोकसेवा आयोगबाट पालिकामा सिफारिस भइ स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया