एपीएफ र एनआरटीले ३–३ गाेलकाे बराबरी खेले

 पुस ९, २०७८ शुक्रबार १५:२८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएकाे पहिलाे खेलमा सशस्त्र प्रहरीकाे एपीएफ र न्युराेड टिम (एनआरटी) ले अङ्क बाँडेका छन् । 

छेटाैँ चरणअन्तर्गत त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा एफीएफ र एनआरटीले तीन–तीन गाेलकाे बराबरी खेलेका हुन् ।

खेलकाे ३२ औँ मिनेटमा दर्शन गुरुङले गाेल गर्दै एनआरटीलाई अग्रता दिलाए । तर एनआरटीकाे याे अग्रता धेरै मिनेट टिकेन । ३७ औँ मिनेटमा एपीएफका आशिष लामाले गाेल गर्दै खेल बराबरीमा पुर्‍याए । याेसँगै पहिलाे खेल एक–एक गाेलकाे बराबरीमा सकियाे ।

दाेस्राे हाफकाे ४८ औँ मिनेटमा एनआरटीका दर्शन गुरुङले व्यक्तिगत दाेस्राे गाेल गर्दै टिमलाई अग्रता दिलाए । फेरि खेलकाे ६० औँ मिनेटमा एनआरटीका विदेशी खेलाडी मिसाेकी इटिग्ने ओलुमाेउले गाेल गर्दै टिमकाे अग्रता बढाए । तर खेलकाे ६५ औँ मिनेटमा एपीएफका दिपेश धिमालले गाेल गर्दै टिम खेलमा फर्किएकाे सङ्केत देखाए । फेरि ६९ औँ मिनेटमा एपीएफका नवीन लामाले गाेल गर्दै खेल बराबरीमा ल्याए ।    

आजकाे बराबरीसँगै एनआरटी ६ खेलमा सात अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा पुगेकाे छ । उति नै खेल खेलेकाे एपीएफ पाँच अङ्कसहित एघाराैँ स्थानमा छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया