देशभर बिजुलीकाे माग बढ्दा काठमाण्डाैमा बत्ती गइरहेकाे हाे : कुलमान घिसिङ

 पुष ९, २०७८ शुक्रबार १८:३०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर बिजुलीकाे माग बढेकाले काठमाण्डाैमा बत्ती गइरहेको बताउनुभयो । उहाँले माग धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकाले बत्ती गइरहेको बताउनुभयो । उहाँले काठमाण्डाै उपत्यकाको समस्या केही दिनमै हल हुने पनि बताउनुभयो ।

आज शुक्रवार काठमाण्डाैमा भएकाे कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘अहिले देशभर हाम्रो माग गएकाे वर्षकाे भन्दा २५ देखि ३० प्रतिशत बढेको छ । इन्डक्शनदेखि लिएर अहिले सबै उपकरणहरू प्रयोग भयो कि जस्तो देखिन्छ । त्यसले गर्दा तीन सय, चार सय मेगावाट माग बढेको छ । त्यसैले काठमाण्डाैमा केही ठाउँमा अहिले समस्या आएको भन्ने मलाई पनि जानकारी भएको छ । बेलुका साढे ५ देखि ७ बजेसम्म पिक हुन्छ । त्यो पिकको समयमा केही ट्रान्सफर्मरहरू ओभरलोडिङ भएको देखिन्छ । त्यसलाई तत्काल फेरेर अर्को ट्रान्सफर्मर राख्ने काम पनि भइरहेको छ । २०० केबीएको ट्रान्सफर्मरमा १०० केबीएको लोड हुने ठाउँमा एकै पटक २०० को लोड आइदिन पनि सक्छ । कसैले त्यो क्षेत्रमा एसी, इन्डक्शन लगायो भने भार बढ्न सक्छ । त्यो समस्या आउनासाथ ट्रान्सफर्मर फेर्ने काम भइराखेको छ, त्यो फेर्दा समय लाग्ने भएकोले केही समस्या आएको हो ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले जायिकाको १५० मिलियनको फन्ड आइरहेको र त्यो फण्ड काठमाण्डाै र पोखराका प्रमुख क्षेत्रमा अन्डरग्राउन्ड केबलिङमा खर्च हुने बताउनुभयो । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया