प्रहरीको भ्यानकाे ठक्करबाट व्यवसायीको ज्यान गएपछि सर्लाहीको बयलवासमा तनाव

 पुस १२, २०७८ सोमबार १५:८:२९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीमा इलाका प्रहरी कार्यालय ईश्वरपुरको भ्यानले ठक्कर दिँदा एक जना व्यवसायीको ज्यान गएपछि  त्यसको विरोधमा स्थानीय व्यापारीले बयलवास बजारमा प्रदर्शन गरेका छन् ।  

हिजाे आइतवार राति प्रहरीकाे भ्यानले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५ का स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएको हो । स्थानीय व्यापारीकाे प्रदर्शनका कारण बजार पूर्ण रूपमा ठप्प भएको छ । अहिले बजार क्षेत्रमा गाडी चलेका छैनन् । प्रहरीले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

ईश्वरपुर नगरपालिका ६  बयलवास बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका महतो पसल बन्द गरेर घर जाँदै गर्दा प्रहरीको भ्यानले ठक्कर दिएको थियो । आफूहरूलाई दुर्घटना हुनेबित्तिकै जानकारी नगराएर ज्यान गएपछि मात्र जानकारी दिएको स्थानीय व्यापारीकाे आरोप छ ।

घटना राति भए पनि परिवारलाई आज साेमवार बिहान मात्र जानकारी दिइएको थियो । आफैँ संलग्न भएपछि प्रहरीले घटना ढाकछोप गर्न लागेको भन्दै स्थानीय व्यापारीले उद्योग वाणिज्य सङ्घ ईश्वरपुरको आयोजनामा बजार बन्द गर्दै इलाका प्रहरी कार्यालय ईश्वरपुर अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया