जावलाखेलले सातदाेबाटाेलाई २–० ले हरायाे

 पुस १२, २०७८ सोमबार १६:०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा आज साेमवार भएको खेलमा जावलाखेलले सातदोबाटोलाई दुई–शून्य गोलले हरायो ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा जावलाखेल युथ क्लबले उत्कृष्ट खेल देखाउँदै स्पष्ट अङ्क जोड्न सफल भएको हो । जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक/एक गोल गरे ।

खेलको ५० औँ मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७० औँ मिनेटमा विदेशी खेलाडी निकाेलसले गाेल गर्दै जावलाखेललाई दुई–शून्यकाे जित दिलाए ।

जितसँगै जावलाखेल सात अङ्कसहित नवौँ स्थानमा पुगेको छ । सातदोबाटो ६ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया