सर्लाहीमा व्यापारी मृत्यु प्रकरण : आक्राेशित स्थानीयवासीले प्रहरी भ्यानमा आगाे लगाए

 पुस १२, २०७८ सोमबार १९:४९:३४ | रामबाबु खड्का
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

सर्लाही – हिजाे आइतवार राति गस्तीमा हिँडेको प्रहरीको ना १ झ ८६९ नम्बरको भ्यानको ठक्करबाट एक व्यवसायीको ज्यान गएपछि स्थानीयवासीले प्रहरीको भ्यानमा आगो लगाएका छन् । ईश्वरपुर नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरी राखेको इलाका प्रहरी कार्यालय हरिपुरको ना १ झ ७४८२ नम्बरको प्रहरीको जीपमा आक्राेशित स्थानीयवासीले आगाे लगाएका हुन् ।

प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ । यसैबीच प्रदर्शनकारीले प्रहार गरेकाे ढुङ्गा लागेर पाँच प्रहरी घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले आइतवार राति ठक्कर दिँदा ईश्वरपुर नगरपालिका ५ का व्यापारी रामकुमार महतो घाइते हुनुभएकाे थियाे । घाइते महतोको सर्लाही अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियाे । फेन्सी पसल बन्द गरेर ना. ४३ प ५०१८ नम्बरको मोटरसाइकल चलाएर घर जाँदै गर्दा महताेलाई प्रहरीको भ्यानले ठक्कर दिएको थियो । आइतवार राति नै महतोको ज्यान गए पनि प्रहरीले घटना लुकाएर आज सोमवार बिहान मात्र आफन्तलाई जानकारी दिएको स्थानीयवासीले दाबी गरेका छन् ।

घटनाको विरोधमा स्थानीयवासीले आज बिहानैदेखि बयलवास बजार बन्द गरेर इलाका प्रहरी कार्यालय घेराउ गरी टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शन बढ्दै गएपछि ईश्वरपुरमा सुरक्षा व्यवस्था कडा पारिएको सर्लाही प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया