सर्लाही : प्रहरी भ्यानको ठक्करबाट व्यापारीकाे ज्यान गएको विषयलाई लिएर आज पनि तनाव

 पुस १३, २०७८ मंगलबार १५:४:३२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – प्रहरी भ्यानको ठक्करबाट व्यापारीको ज्यान गएको विषयलाई लिएर आज मङ्गलवार पनि बयलवासका व्यापारीले  प्रदर्शन गरेका छन् । आज बिहानैदेखि उनीहरूले टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनलाई रोक्ने क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडपसमेत भएको छ । पीडित पक्षले घटनाको छानबिन हुनुपर्ने र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको हो । प्रदर्शनमा निस्किएका स्थानीय व्यापारीमाथि प्रहरीले १२ भन्दा धेरै अश्रुग्यासको सेल प्रहार गरेको छ ।

गएकाे आइतवार राति इलाका प्रहरी कार्यालय बयलवासको जीपले स्थानीय व्यापारी ३० वर्षीय रामकुमार महतोलाई ठक्कर दिँदा ज्यान गएको थियो । प्रहरीले  महतोको ज्यान गएपछि घटना लुकाउन खोजेको र मृत्यु नै  शङ्कास्पद भएको भन्दै स्थानीय व्यापारीले टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

हिजो साेमवार पनि आक्रोशित स्थानीय व्यापारीले प्रहरी कार्यालय घेराउ गर्नुको साथै इलाका प्रहरी कार्यालय हरिपुरको जीपमा समेत आगो लगाएका थिए ।  पीडित परिवारले घटनाको छानबिन नभएसम्म  शव नबुझ्ने अडान राखेकाे छ । मृतककाे शव पोस्टमार्टमपछि जिल्ला अस्पताल सर्लाहीमा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया