सामूहिक बलात्कार गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्कबाट ८ जना पक्राउ

 पुस १४, २०७८ बुधबार १२:१५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामूहिक बलात्कार गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्क, गोंगबुबाट ८ जना पक्राउ परेका छन् । एकजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले ३४ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका  प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीकाअनुसार  पक्राउ परेकाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका अनुमान छ । उनीहरुविरुद्ध उजुरी परेपछि सातजनालाई मंगलबार र एकजनालाई बुधबार बिहान पक्राउ गरिएको हो ।  पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरी प्रवक्ता मैनालीले बताउनुभयो । उहाँका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bhojraj gurung

    Dec. 29, 2021, 7:46 p.m.

    बलात्कारीलाई फाँसी दे सरकार /

  •  0 Reply

तपाईको प्रतिक्रिया