वर्षा र हिमपातले कतै हर्ष, कतै कष्ट

 पुष १५, २०७८ बिहीबार ७:३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिमपात र वर्षाले देशका धेरै ठाउँको जनजीवन कष्टकर बनाएको छ ।

हिमपातका कारण उच्च पहाडी तथा हिमाली जिल्लासँगै तराईका जिल्लाको जनजीवन कष्टकर बनेकाे छ ।

चिसो बढ्दा घर बाहिर हिँडडुल गर्न समेत कठिन भएको छ । गएको ११ गतेदेखि परेको हिमपातका कारण मनाङका माथिल्लो क्षेत्रका स्थानीय बासिन्दा जिल्लाबाट बाहिरिएका छन् ।

मनाङको सदरमुकामलगायत तल्लो भेगमासमेत बाक्लो हिमपात भइरहेको छ । हिमपातले हिँडडुल गर्न समेत कठिन भएको छ । गाडीको आवगमनसमेत ठप्प भएको छ । मनाङको माथिल्लो भेगमा अहिले दुई फिटसम्म हिउँ जमेको त्यहाँका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

उहाँकाअनुसार पर्यटकलगायत नागरिकलाई हिमपातको समयमा सतर्क हुन अनुरोध गरिएको छ । यस्तै, हिमपातका कारण सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ । म्याग्दी र मुस्ताङमा हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

यस्तै, हिमपात पछि बझाङमा टेलिफोन सेवा आंशिक रुपमा प्रभावित भएको छ । सौर्य ऊर्जामा निर्भर बझाङका टेलिकम टावरमा सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको हो ।

हिमपात र वर्षाले जनजीवन कष्टकर बनाइ रहे पनि देशका कतिपय ठाउँमा हिउँमा रमाउनेहरु बढेका छन् । काठमाण्डौसहित आसपासका हिउँ परेका क्षेत्रमा हिउँ खेल्न जानेको भीड बढेको छ । काठमाण्डौको चन्द्रागिरिमा हिजो बिहानदेखि नै हिउँ खेल्नेहरु पुगेका छन् ।

यस्तै, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रसुवा र मकवानपुर जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिउँ पर्न थालेसँगै यो क्षेत्रमा हिउँमा रमाउन जानेहरु बढेका छन् । यसले  हिउँ परेका क्षेत्रमा आन्तरिक पर्यटक बढेका छन् ।

हिजो बेलुका चन्द्रागिरि जाने र फर्किनेको भीडका कारण कलङ्की थानकोट सडक खण्डमा गाडीको चाप समेत बढेको थियो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया