म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता : तीन जना अलपत्र

 पुस १५, २०७८ बिहिबार १२:३८:५४ | प्रताप बानियाँ
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी - म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर–१ मा हिउँमा परि एक जना बेपत्ता भएका छन् ।

अरु तीन जना अलपत्र परेका छन् । अलपत्र परेकाहरु उद्धारको पर्खाइमा छन् ।

धवलागिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षका रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको हो। रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।

बेपत्ताको खोजी तथा अलपत्र परेकाहरुको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न लागिएकाे पनि उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया