कप्तान सन्दीप नै रहन्छन्, परिवर्तन हुँदैन : पुबुदु

 पुष १५, २०७८ बिहीबार १८:०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले क्यान बोर्ड बैठकले गरेको कप्तान परिवर्तनको निर्णय उसकाे अधिकार भएको बताएका छन् । 

आज बिहीवार आयोजित पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा प्रशिक्षक पुबुदुले 'सेन्ट्रल कन्ट्रयाक्ट' को विषय समाधान गरे अरू सबै समस्याको अन्त्य हुने भन्दै कप्तानको विषय भने क्यानको बोर्ड बैठकको अधिकार भएको बताएका हुन् । नेपाल फर्किएपछि क्यान र खेलाडी दुवै पक्षसँग आफूले छलफल गरेको र क्यानले कप्तान परिवर्तन नहुने भनेकाले सन्दीप लामिछाने नै कप्तान रहने उनले बताए । 

क्यानले गएकाे महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय गरेको थियो । मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको थियो । जसअनुसार सन् २०२२ को केन्द्रीय सम्झौताबाट सुरुको ६ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको थियो । अन्तरक्रिया कार्यक्रममा पुबुदुले आफूसँग २०११ देखि २०१५ सम्म काम गरेको अनुभव भएको भन्दै नेपाली टोली खुसी बनाएर नेपालका लागि खेलाउने प्रतिबद्धता जनाए । त्यसका लागि सुरुवातमा ३० खेलाडीभन्दा बढीलाई बन्द प्रशिक्षणमा बोलाउने उनले बताए ।

प्रशिक्षक दासानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन् । क्यान र खेलाडीबीचको तिक्ततालाई समाधान गर्दै अगाडि बढाउन सक्ने प्रशिक्षक हुन सक्ने भन्दै क्यानले दोस्रो पटक पुबुदुलाई मौका दिएको हो । पुबुदुकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्व कप खेलेको थियो । त्यही कारण पनि दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रूपमा लिइन्छ । 

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया