जहाज किन्ने विषयमा गृहकार्य भइरहेकाे छ, कमिसनकाे खेल हुँदैन : मन्त्री आले

 पुष १६, २०७८ शुक्रबार १७:५५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिद गर्ने विषयमा गृहकार्य भइरहेको बताउनुभएको छ । आज शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले जहाज खरिद गर्ने योजना छिटो भन्दा छिटो ल्याउनका लागि नेपाल वायु सेवा निगमलाई निर्देशन दिइसकेको बताउनुभयो ।

उहाँले जहाज खरिदका लागि गृहकार्य अगाडि बढेको बताउनुभयो । जहाज खरिदमा कुनै पनि प्रकारको कमिसनकाे खेल नगर्ने भन्दै उहाँले अनियमितता भएमा आफू सजाय भाेग्न तयार रहेको बताउनुभयो । मन्त्री आलेले ग्राउन्डेड भएको जहाजहरूलाई मर्मत गरेर उडाउनका लागि पनि निर्देशन दिएको जानकारी गराउनुभयो । 

उहाँले भन्नुभयो, ‘निगमको अध्यक्षज्यूलाई निर्देशन दिएको छु । छिटो भन्दा छिटो बिजनेस प्लान ल्याएर कम्तीमा १५ वटा जहाज जति खरिद गरेर ल्याउने । एअरपोर्टमा राख्ने, सबै पार्टीका मान्छेलाई बोलाउने र त्यहाँ भाषण गर्ने । विगतको जस्तो यो वाइडबडी होइन । यसमा कुनै कमिसनको खेल भएको छैन । यो जहाजमा एक रुपैयाँ पनि तलमाथि भएको छ भने राजनीतिबाट सन्यास मात्र होइन, प्रेम आले सजाय भाेग्न तयार छ भनेर म भन्न चाहन्छु । त्यसको लागि हामीले गृहकार्य गरिराखेका छौँ । निगमलाई भनेको छु, छिटो गृहकार्य गर्नुस् ।’ 

उहाँले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनाभित्र उद्घाटन हुने बताउनुभयो । भैरहवा विमानस्थलमा सरकारले छिटो भन्दा छिटो परीक्षण उडान सञ्चालनमा ल्याउन चाहेको मन्त्री आलेले बताउनुभयो । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया