भारतले जित्याे यू–१९ एसिया कपकाे उपाधि

 पुष १६, २०७८ शुक्रबार १९:२९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एसीसी

काठमाण्डाै – भारतले यू–१९ एसिया कप क्रिकेटकाे उपाधि जितेकाे छ । दुबईमा आज शुक्रवार भएकाे फाइनल खेलमा श्रीलङ्कालाई नाै विकेटले हराउँदै भारतले यू–१९ एसिया कपकाे उपाधि जितेकाे हाे ।

वर्षाले प्रभावित खेलमा भारतीय टाेलीले जितका लागि ३८ ओभरमा एक सय दुई रनकाे लक्ष्य पाएकाे थियाे । भारतका लागि आङ्क्रिश रघुवंशीले ५६ र शैक रशीदले ३१ रन बनाए ।

यसअघि श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ गर्दै ३८ ओभरमा नाै विकेट गुमाएर एक सय ६ रन बनायाे । तर डकवर्थ लुइस नियमकाे आधारमा भारतले ३८ ओभरमा एक सय दुई रनकाे पाएकाे थियाे । श्रीलङ्काका लागि यसुरु राेड्रिगाेले १९ र रविन डी सिल्भाले १५ रन बनाए । बलिङतर्फ भारतका विक्की वस्तलले तीन र काैशल ताम्बेले दुई विकेट लिए । 

याेसँगै भारत यू–१९ एसिया कपमा आठाैँ पटक विजेता बनेकाे हाे । 

अन्तिम अपडेट: जेठ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया